२१ बैशाख २०७८, मंगलवार
  • सुशीलबाबू थकाली,

मुस्ताङ । म्याग्दीका एक संक्रमतिको पोखरामा मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ वर्षीय बृद्धको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बृद्धलाई बैशाख १७ गते कोरोना पुष्टि भएको थियो । कोरोनाको लक्षण देखिएपछि उपचारका लागि गाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको बृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका छोरालाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा पनि लक्षण देखिएकाले उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

म्याग्दीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । जिल्लाको सदरमुकाम बेनी तथा धेरै आवतजावत हुने क्षेत्र कोरोनाको उच्च जोखिम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV