२१ बैशाख २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको हो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ ।

पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV