२१ बैशाख २०७८, मंगलवार

एजेन्सी । स्पेनिस् ला लिगाको उपाधि होडमा रहेको सेभिल्ला एथलेटिको बिल्वाओसँग पराजित भएको छ । गएराति भएको खेलमा सेभिल्ला बिल्वाओसँग १-० गोल अन्तरले पराजित भएको हो ।


घरेलु टोली सेभिल्लाले ७४ प्रतिशत बल पोसेसन राखेपनि गोल गर्न सकेन । खेलको ८९औं मिनेटमा इनाकी विलियम्सले ओहान सान्सेटको पासमा गोल गर्दै बिल्वाओलाई महत्वपुर्ण ३ अंक दिलाए ।

हारपछि सेभिल्ला उपाधिको होडबाट टाढिएपनि उपाधि जित्ने सम्भावना भने कायमै छ । चौथो स्थानमा रहेको सेभिया शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ६ अंकले पछि परेको छ । बिल्वाओ ४५ अंकसहित नवौं स्थानमा रहेको छ । ला लिगामा अब चार राउन्डको खेल बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV