२० बैशाख २०७८, सोमबार

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टीको वरियतामा एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल टी–ट्वान्टीतर्फ १३औं स्थानमा आएको हो ।

यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरियता १४ बाट १३ औं स्थानमा आएको हो ।

त्यसोत, नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औं स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । त्यस्तै, चौंथोमा पाकिस्तान र पाँचौंमा अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV