२० बैशाख २०७८, सोमबार

काठमाडौं । कोरोना भाइरस नियन्त्रण नियन्त्रणका लागि कोका-कोलाले २ करोड ४० लाख सहयोग गर्ने भएको छ । कोका कोला नेपालले आईतबार एक बिज्ञप्ति जारी गर्दै कोरोना संकटको सामना गर्न राष्ट्रव्यापी भइरहेको प्रयासहरुलाई राहत स्वरुप उक्त रकम प्रतिबद्धता जनाएको छ ।

नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउन समेत सहयोग गर्ने जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ ।

यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण कोका कोलाले जनाएको छ ।

बिज्ञप्ति

कोभिड—१९ को रोकथामलाई रोक्न भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यव्रmमहरु निर्माण गर्न नेपाली रु २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै काठमाडौँ, २० वैशाख २०७८– कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरु तीव्र भएकाले नेपालमा
कोका—कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु¥याउन र फैलिएको महामारीलाई रोक्न रु २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि)
प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV