२० बैशाख २०७८, सोमबार

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले थर्काएपछि २४ घण्टा नबित्दै लुम्बिनी प्रदेश सभाका दुई सांसदले एमालेलाई समर्थन गर्ने निर्णय गरेका छन्। सूर्य चिन्ह लिएर प्रदेश सांसद बनेका अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले आइतबार एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन नगर्ने निर्णय गरेका थिए।

तर, केन्द्रबाट आफ्नै मन्त्रीले थर्काएपछि २४ घण्टा बित्न नपाउँदै पोखरेललाई नै समर्थन गर्ने निर्णयमा पुगेका हुन्। सांसद शाहीले कानुनी र राजनीतिक रूपमा त्रुटी भएको भन्दै पुनः मुख्यमन्त्रीलाई नै समर्थन गर्ने निर्णय गरेको बताएका छन् । तर, एकाएक समर्थन नगर्ने भनेर भनेको केही घन्टा नबित्दै किन ब्याक ? केन्द्रबाट प्रेसर आएपछि समर्थन गर्न बाध्य भएको उनले बताए ।

मन्त्रीसमेत रहेका आफ्ना नेता त्रिपाठीलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको बताइएको छ । त्यसपछि त्रिपाठीले दुवैलाई सोही अनुसार निर्देशन दिएको बताइन्छ ।

मुख्यमन्त्री पोखरेललाई दुई सांसदले समर्थन फिर्ता नगरे मन्त्रीबाट हटाउने प्रधानमन्त्री ओलीले धम्की दिए पछि एकाएक घटना मोडिन पुगेको समाचार स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV