२० बैशाख २०७८, सोमबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो । आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।

पाँच रूपैयाँ बढेको चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV