१९ बैशाख २०७८, आईतवार
  • सुरेश श्रेष्ठ,

दाङ । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको सनाखत भएको छ ।

करिब एक वर्षदेखि घर अगाडि पार्किङ गरेर राखिएको भारतीय नम्बरको कारमा मृत भेटिएका बालकहरु तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिम बहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षीय छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV