१८ बैशाख २०७८, शनिबार
  • सुरेश भट्ट,

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ मा रहेको सशस्त्र प्रहरी पोष्टले अश्रुग्याँस प्रहार गरेको छ ।

लकडाउनका समयमा तस्करले भारतबाट सामान ओसार–पसार गर्दा सशस्त्र प्रहरीले रोकेपछि आक्रोशित स्थानीयले बीओपीमै ढुंगा हानेपछि सशस्त्र प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

भारतबाट चिनी ल्याउदै गर्दा आफूहरुले सीमामा रोकेको तर तस्करी गर्ने स्थानीय आक्रोशित भएर बीओपी पोष्टमै ढुगां प्रहार गरेका थिए । उनीहरुलाई तितरवितर गर्न ८ राउण्ड जति अश्रुग्याँस प्रहार गरिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख बिरेन्द्र ऐरले जानकारी दिए ।

स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा ४ जना सशस्त्र प्रहरीका घाइते भएका छन भने ६ जना स्थानीय घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV