१६ बैशाख २०७८, बिहीबार

काठमाडाैँ । नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंगस् उत्पादक तथा पोलीमर पाइपिंग प्रणालीकाे अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योगको सिदार्थनगरस्थित कारखानामा ठूलाे क्षति भएकाे कम्पनीले जनाएकाे छ ।

मंगलबार बिहान भएकाे आगलागीका कारण  करिब ५ देखि ७ करोड सम्मको उत्पादन र गोदाम शेडमा क्षति पुगेकाे बताइएकाे छ । नजिकैको मैदानमा पराल जलेका कारण आगो शुरू भएर गाेदाममा सल्किएकाे थियाे । थप क्षतिको अनुमान अझै भइरहेकाे बताइएकाे छ ।

मंगलम उद्योग प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालले भने, ‘उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएका छन्। हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ । तर फायर प्रोटोकलहरूप्रतिको हाम्रो कट्टर नियम पालनाको कारणले क्षति केही हदसम्म कम भएको छ र दुर्घटनाको क्रममा कोही पनि घाइते भएको छैन । आगो निभाउने उपकरणहरू प्रयोग गरेका हाम्रा कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाट हामीले आगोलाई रोक्न सक्षम भयाैँ र २ घण्टाभित्र नै आगो नियन्त्रित भयो ।’

सिद्धार्थनगरस्थित कारखानाका कारखाना प्रमुख प्रदीप शुक्लाले भने, ‘आगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएको थियो । हाम्रो नियमित अग्निसुरक्षा अभ्यासहरुका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सक्यौँ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV