१३ बैशाख २०७८, सोमबार

पोर्चुगल । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीले शपथ लिएका छन् ।  नयाँ कार्यासमितिलाई यही २५ अप्रिलमा निर्वतमान अध्यक्ष तथा महासचिवले नयाँ कार्यसमितिका अध्यक्ष तथा महासचिवलाई पद तथा गोपानियताको सपथ ग्रहण गराएका हुन् ।

मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिहरु भएको लिम्बू जाति मूलतः नेपालको पुर्वी पहाडी भेगमा बाहुल्य बसोबास गरेकाे पाइन्छ । रोजगारी, अवसर तथा विविध सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा पुगेका लिम्बूहरूले मौलिक सामाजिक संस्थाका रुपमा किरात याक्थुङ चुम्लुङको स्थापना गर्दै प्रवासमा बासोबास गर्ने लिम्बू जातिहरूको मौलिक पहिचान, कला, संस्कार, संस्कृतिहरूको अपनत्व, जर्गेना र विकास गर्ने क्रममा सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ, पोर्चुगलको स्थापना भएको थियो ।

विगतमा केन्द्र लिम्बू, रिपुजंग निङलेखु, दिपा लिवाङले नेतृत्व गरिसकेको किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नयाँ अध्यक्षमा प्रेम निङलेखु रहेका छन् । उनकै  नेतृत्वमा नवगठित कार्यासमितिमा उपाध्यक्ष- खगेन्द्र लिम्बू रहेका छन् भने महिला उपाध्यक्ष- कार्यासमितिले मनोनित गर्नेछ । महासचिवमा राजकुमार लिम्बू, सचिवमा वियोग लिम्बू, कोषध्यक्षमा बाबुराम तुम्बापो रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सरण लिम्बू, विकास लिम्बू, अमर लिम्बू, माया लिम्बू, राज लिम्बू, सगर लिम्बू र निकट भविष्यमा भौगोलिक, लैंगिक समाबेशिता साथै पोर्चुगलको लिम्बू समुदायप्रतिको सामाजिक योगदानलाई मुल्याङ्कन गर्दै बाँकी ६ जना सदस्यहरूलाई कार्यसमितिले नियुक्ति गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV