१२ बैशाख २०७८, आईतवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । इनास डेनमार्कका संस्थापक अध्यक्ष, वर्तमान यूरोप संयोजक तथा इनास ग्लोबल नृत्य प्रवद्र्धन समितिका संयोजक सन्त कुमार थापा मगरको निधन भएको छ ।

पारिवारिक स्रोत अनुसार उनी लामो समयदेखि ब्लड क्यानसरबाट पीडित थिए । मगरको ४१ वर्षको उमेरमा डेनमार्कमा निधन भएको हो । उनको निधनको खबरले यूरोपबासी नेपाली स्तव्ध भएका छन् ।

लामो समयदेखि डेनमार्कमा रहेर उनले कलाकारिताको क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएका छन् । डेनमार्क निवासी नेपालीलगायत यूरोपमा रहेका नेपालीहरूले एउटा मिलनसार, इमानदार, कला र संस्कृति प्रेमी सन्त कुमार थापा मगरको निधनप्रति सबैले दुःख ब्यक्त गरिरहेका छन् ।

इनास डेनमार्कको संस्थापक अध्यक्ष मगर कुसल कलाकार तथा डान्स कोरियोग्राफÞर थिए । विदेशी भूमिमा रहेर पनि उनले नेपाली कला, संस्कृतिको संवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन् । मृतक मगरको एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV