१२ बैशाख २०७८, आईतवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गरिएको आरोपमा १० जना पक्राउ परेका छन् ।परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएको कोमलप्रसाद विश्वविद्यालयको फोटोकपीमा काम गर्ने कार्यालय सहायक र अन्य विद्यार्थी रहेका छन् । पक्राउ परेकाहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको बताइएको छ।

विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र वैशाख ३ गते परीक्षापूर्व नै सार्वजनिक गरिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV