४ बैशाख २०७८, शनिबार

काठमाडाैँ । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णव कविता र गीतमा विशेष दख्खल राख्नुहुन्थ्याे । उहाँ महाकवि देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिनुहुन्थ्याे । देवकोटा मुखले भन्नुहुन्थ्याे भने वैष्णवले लेखिदिनुहुन्थ्याे । उहाँका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्नुहुन्थ्याे ।

कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो ।

श्यामदास वैष्णवको जन्म वि.स. १९८१, श्रावणमा ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौमा भएको थियो । हाल उहाँका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV