१ बैशाख २०७८, बुधबार

एजेन्सी । बलिउडका अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ ओटीटीमा महंगो मूल्यमा विक्री भएको छ ।भारतीय मिडियाका अनुसार चलचित्र लाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको छ । ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको बलिउड चलचित्रको रुपमा कार्तिकको ‘धमाका’ अगाडि देखिएको छ ।

नायक अक्षय कुमारको ‘लक्ष्मी’ ११० करोडमा विक्री भएको थियो । यो चलचित्रलाई राम माधवनीले निर्देशन गरेका हुन् । कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो चलचित्र किनेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV