१ बैशाख २०७८, बुधबार

काठमाडौं । आङगेलु शेर्पा र मीना राईको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा आङगेलु शेर्पा र मीना राईको आवाजमा ‘के साह्रो राम्री चोलीमा’ गीतको म्युजिक भिडियो रिलिज भएको हो ।

मीना राईको आफ्नै शब्द संगीत रहेको ‘के साह्रो राम्री चोलीमा’लाई राजु कार्कीले एरेञ्ज गरेका हुन् । ‘मीना राई अफिसियल’ च्यानलबाट रिलिज गरिएको उक्त गीतलाई किङ स्टुडियोमा रेकर्ड गरिएको हो । त्यस्तै, गीतलाई मिन विष्टले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

अनिल कोयीको निर्देशनमा तयार पारिएको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियोमा केकी अधिकारी र उमेश राई फिचर्ड छन् । सार्वजनिक भिडियोमा दिनेश पराजुलीको छायाङ्कन, सुरेन्द्र बसेलको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV