१ बैशाख २०७८, बुधबार

एजेन्सी । साविक विजेता बार्यन म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भए पनि समग्रमा नतिा ३–३ को बराबरी हुँदा पीएसजी अवे गोलको आधारमा अघि रहेको हो ।

पीएसजीले पहिलो लेगमा बायर्नलाई ३–२ ले हराएको थियो । दोस्रो लेगमा पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले गोल गरे ।

४०औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई १–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा डिफेन्डिङ च्याम्पियन बायर्न क्वाटरफाइनलबाट बाहिरिदा साविक उपविजेता पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV