३१ चैत्र २०७७, मंगलवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाल कम्युनिष्ट पार्टी एमाले (झलनाथ–माधव समूह)ले आफू निकट १३ मुलुकहरूका प्रवास संगठनहरुलाई पुनर्गठन गरेको छ । नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि उक्त कमिटीहरुलाई पुनर्गठन गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको विशेष उपस्थितिमा गठन भएका यूरोपका कमिटीहरु सक्रिय भएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मञ्चहरुको भूमिका ठुलो रहने बताए ।

उनले विधि र पद्धति निर्माणका लागि पार्टीभित्र संघर्ष चलिरहेका जनाउदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए ।एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्र पद्धतिको लडाइ जारी रहेको बताए । प्रवास इञ्चार्ज रामकुमारी झाँक्रीले प्रवासी नेपाली मञ्चहरु गठनसहित नामावली पढेर सुनाएकी थिइन् ।

प्रवास मध्यपूर्व इन्चार्ज श्रीप्रसाद शाहले बाँकी देशहरुमा पनि छिट्टै संगठन विस्तार गर्ने बताए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सञ्चालन गरेका कार्यक्रममा मञ्च यूरोप सचिव सुवास पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।
कहाँ कस्ले जिम्मेवारी लिए ?

प्रवासी नेपाली मञ्च, जर्मनीः अध्यक्ष कृष्ण देवकोटा, महासचिव अक्कल लामा (स्याङतान) सदस्यहरु रूपकराज काफ्ले, रबि ढुंगाना, शिबराज मरहट्टा, मनोज रायमाझी र यूरोप प्रतिनिधि कुम्भराज रेग्मी रहेका छन । सल्लाहकारमा डा.नवराज रोस्यारा र दावागेल्जे शेर्पा छन् ।

प्रवासी नेपाली मञ्च स्वीजरल्याण्डः अध्यक्ष सञ्जय मुड़भरी उपाध्यक्ष बिदुर संग्रौला, महासचिव धर्म गुरुङ र कोषाध्यक्ष अशोक पाण्डे तथा सदस्यहरुमा हरी पाण्डे, सरोज यादब र एलिना पोखरेल छन् । युरोप प्रतिनिधिमा सुबास पोखरेल छन् ।

प्रवासी नेपाली मञ्च, यूकेः अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय बिद्यमान कमिटीमा निम्नानुसार थप गरी प्रवासी नेपाली मञ्च यूकेलाई पुनर्गठन गरिएको छ । प्रमुख सल्लाहकारमा डा.अच्युत गौतम र त्यस्तै, यूरोप प्रतिनिधिमाराम प्रसाद बगाले, कृष्ण भण्डारी रबिन्द्र कणेल र उमेशराज मोक्तान छन् ।

प्रवासी नेपाली मञ्च, बेल्जियमः अध्यक्ष अर्जुन दाहाल, सचिब रमेश कंडेल, सदस्यहरु प्रकाश कार्की, बद्री लोहनी, शंकर श्रेष्ठ, कृष्ण खतिवडा, राजेन्द्र तिमल्सिना, सरोज बिक्रम केसी, शंकर बजगाई र प्रमेश कंडेल तथा यूरोप प्रतिनिधि कृष्ण न्यौपाने छन ।

प्रवासी नेपाली मञ्च, रसियाः अध्यक्षमा डा.मन मुर्ति भुर्तेल, सचिव इन्द्र प्रसाद भुसाल, सदस्यहरु गणेश रामदाम, मिलन कट्टेल, मोहनलाल चापागाई, कमल सापकोटा, संज्ञान कार्की, दूर्गा बहादुर भट्टराई, हिमाल खनाल, उमेश प्रसाद, मोतिलाल भट्टराई, इन्द्रप्रसाद अर्याल, भक्तवहादुर सार्की, राजन रामदाम र शुनिल थापा छन ।

प्रवासी नेपाली मञ्च, स्वीडेनः अध्यक्ष प्रेम गौतम, सचिब प्रदीप सापकोटा, सदस्यहरु बिनोद बाँनिया र अनुप शर्मालगायत २१ सदस्यीय छन् ।

प्रवासी नेपाली मञ्च, साइप्रसः अध्यक्षमा चिन्तन बुढा मगर, वरिष्ठ उपाध्यक्ष आयुष्मा गुरुङ, महासचिव प्रेम मिजार, सचिव गोमा माझी, कोषाध्यक्ष बुद्ध मान तामाङ छन ।

सदस्यहरुमा नानू लिम्बू, निर्पा साउद, आरती देबि महतो, साइना चौधरी, यलिशा तामाङ्ग, तेज राना, सबिना राना, प्रेम मिजार, प्रबिन पुन मगर, निरोज मैनाली, विष्णु बुधाथोकी, सुनिता राना, कुमारी पुर्जा मगर, निस्मा पुन, दिलिसा थापा, राजन लिम्बू, मार्था राई, दिल माया पुन मगर, अमिसा लिम्बू, माया तामाङ र लक्ष्मी चौधरी छन ।

प्रवासी नेपाली मञ्च, नर्वेः अध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिव जय गुरूङ, सदस्यहरुमा सन्तोष खड्का, सुमिना काफ्ले, शैलेंद्र सिग्देल, अभिशेक आचार्यलगायत १९ सदस्यीय कमिटी छ, भने यूरोप प्रतिनिधिमा हेमराज जोशी छन् ।

प्रवासी नेपाली मञ्चः अध्यक्षमा आयरल्याण्ड राजन काफ्ले सचिव चिन्तामणि सापकोटा, सदस्यहरु याम बहादुर उप्रेती, भरत सुबेदी र सन्तोष शर्मालगायत छन् ।

प्रवासी नेपाली मञ्च, पोल्याण्डः अध्यक्षमा टंक कटुवाल, महासचिव मीन बहादुर पाण्डे सदस्यहरुमा अनमोल, एसबि, मोहनकाजी थापा, दिवश पाँचकोटी, सन्तोष शर्मा, दिब्या सुन्दास, सूर्य सुब्बा, दुर्गा मगर र पबन बास्तोला छन भने युरोप प्रतिनिधिमा शेर बहादुर परियार छन ।

प्रवासी नेपाली मञ्च, फिनल्याण्डः अध्यक्षमा मनोज भुसाल, उपाध्यक्षमा रुक्मिणी भट्टराई, सचिव र युरोप प्रतिनिधि नवीन भट्टराई सहसचिव रामहरि भुसाल, कोषाध्यक्ष कृष्ण चौहान छन । त्यस्तै सदस्यहरुमा सुरज रानाभाट, प्रतिभा खनाल, कृष्ण प्रसाद पराजुली, अनिल ढकाल, दीपक पौडेल, सागर खरेल, हिमाल घिमिरे र सुमन खड्का छन् ।

प्रबासी नेपाली मञ्च, पोर्चुगल अध्यक्षमा रोबट लिम्बु, महासचिवमा कुमार थापा, युरोप प्रतिनिधिहरुमा निराजन सुबेदी छन् । त्यस्तै प्रचार बिभाग प्रमुखः तुलसीराम थपलिया एनआरएनए बिभाग प्रमुखः बलराम पौडेल महिला विभाग प्रमुखः निर्मला ढकाल आर्थिक विभाग प्रमुखः माया खरेल संघसंस्था बिभाग प्रमुखः हेम गुरुङ रहेका छन् ।

त्यस्तै, युथ फोर्स विभाग प्रमुखः पेम्छिरी शेर्पा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखः साइला लामा, सदस्यहरु: गीता राना सुशीला थापा लक्ष्मी भट्टराई हरि खड्का सुधिर अर्याल प्रेम लिम्बु राज कुमार लिम्बु कामना सिंह दिपेन्द्र दंगाली सालिक राम सुबेदी प्रभाकर बिक्रम निरौला राम कुमार श्रेष्ठ रायन श्रेष्ठ निर्माण गुरुङ सितल लिम्बू तविता सिंह कोपिला थापा मिलन थापा मगर सुवास बस्नेत लक्क्षिन घले सुमन खरेल जितेन्द्र खड्का खगेन श्रेष्ठ विशाल केसी रुपेद्र धमलाबलराम पौडेल, गोबिन्द सापकोटा, यज्ञ तिम्सिना, मणिराम नेपाली रहेका छन् ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्डः अध्यक्षमा धनकुमार बोहरासहित २१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV