२९ चैत्र २०७७, आईतवार

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताउनुभएको छ ।

आइतबार बुटवलमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रीय राजनीतिको असर तल्लो तहसम्म पर्ने भएका कारण पनि लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताउनुभएको हो ।

मन्त्री केसीले देशमा संघीयता आएपनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार नदिएको गुनासो गर्दै देशमा देखिएको यो समस्याको जड नै अहंकार र दम्भको प्रतिफल भएको जानकारी दिनुभयो ।

मुलुकको यो अस्थिर अवस्थामा मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV