२७ चैत्र २०७७, शुक्रबार

काठमाडौं । गीतकार तथा संगीतकार सीएल शर्मा र गायक सुरेन चन्दको सहकार्यमा नयाँ गीत ‘कस्तो सुहाको, फुली लगाको’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको सार्वजनिक गीतमा शब्द तथा संगीत सीएल शर्माको रहेको छ । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोमा चर्चित नायक पल शाह र सुधिर श्रेष्ठसँग सुन्दरी दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ ।

बैंशालु उमेरमा जानेर–नजानेर गर्ने प्रेम र प्रेमी–प्रेमिकाले गर्ने मिठा मिठा कुराहरुलाई गीतकार शर्माले रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् । प्रिज्मा, प्रिन्सीसँग सुधिर र पलको रोमान्टिक अभिनय र निर्माण यूनिटको अथक मेहेनतका कारण गीतले राम्रो चर्चा पाइरहेको निर्माण यूनिटको भनाइ छ ।

शान थापाको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा राजिव समिरको कोरियोग्राफी रहेको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ रहेको भिडियोलाई अर्जुन तिवारीले छायाङकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV