२६ चैत्र २०७७, बिहीबार

काठमाडौं । वायु प्रदूषणविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । विहीबार (आज) हरिन नेपालको आयोजनामा डढेलो र वायु प्रदूषणका कारण जनस्वास्थ्य संटकमा पर्न थालेपछि सरकारसँग उचित कदमको माग राख्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘काठमाण्डु भ्याली एयर क्वालिटी म्यानेजमेन्ट एक्सन प्लान–२०२०’ लागू गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले सरकार सास फेर्न दे, म चाँहि मन्त्रीहरुको दिमाग सफा गर्न हिँडे, हाम्रो फोक्सो पनि भ्याकुम क्लिनर भइसक्यो, क्लिन एयर इज ब्यासिक राइट, आई क्यान नट ब्रिदलगायतका प्ले–कार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV