महेश बस्नेतले भने, ‘प्रधानमन्त्रीलाई चुनौती दिने बालहठ नगर्दा हुन्छ, बोकाको शैलीले दाँइ हुँदैन’
२६ चैत्र २०७७, बिहीबार
काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले सदनमा विभिन्न अस्वस्थ्य खालका बहसहरु चल्न थालेको बताउनु भएको छ । राजनीतिम अन्यौलता, अस्थिरता र विभाजनको स्थिती भइरहेको अस्वस्थ्य बहस तथा छलफहरु सदनमा चल्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले कतिपय यूवा सांसदहरुले प्रधानमन्त्रीसंग ठाँडठाँडै बहस गर्ने चुनौती दिएको विषयलाई बालहठ भएकाे भन्दै व्यंङ्ग्य समेत गर्नुभयो । उहाँले अहिलेको राजनीतिलाई अस्वस्थ्य हिसाबले लिएर हिड्न चाहने, विगतमा असफल भएका नेताका चेलाहरुले राज्यको स्रोत साधन र शक्तिलाई आफु ठीक ठाँउमा हुँदा अकमर्णिय भुमिका खेल्नेले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्नु बालहठ भएकाे भन्दै बोकाको शैलीले दाई गरिदैन, दाई गर्नकालागि गोरुकै शैली चाहिने बताउनुभयाे ।
संसदको सबैभन्दा ठुलो दलको हिसाबले नेकपा एमाले नै प्रतिनिधित्व गर्ने भन्दै प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई सके सहयोग गर्न र नसके वस्तुनिष्ठ ढङ्गले विरोध गर्न चुनौती दिनुभएको छ ।