२६ चैत्र २०७७, बिहीबार

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्ने बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले हाल चलिरहेकोे विधेयक अधिवेसन नाम विधेयक मात्रकाे हुन्छ कि काम हुन्छ कि हुदैन भनेर हेरिरहेको बताउनु भयाे ।

यस्तो अवस्थामा सदनले काम गर्न नसकेको दोष सरकारलाई मात्र दिन न मिल्ने भन्दै सभामुखमाथि पनि प्रश्न उठ्ने बताउनु भएको छ । सरकारले ल्याएको विधेयकहरु पास गर्न नसकेको बताउदै उहाँले अन्य सांसदहरुले सरकारलाई मात्र दोष लगाएको आरोप लगाउनु भयो ।

संसदको काम छैन भन्ने र ठान्नेहरु र सरकारको काम छैन भन्नेहरुले कुर्सी र सत्ताकाे लालचमा परि संसदमाथि प्रश्न उठाएको आरोप लगाउनु भयो ।संसदसंग काम हुँदा हुँदै पनि संसदले काम गर्न नसक्नु सभामुखको विशेष भुमिकाको आवश्यक हुने बताउनुभयो ।

‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’उहाँले भन्नुभयो ।

सरकारसंग समन्वय गर्ने संसद भित्र आएका प्रस्तावहरुलाई अगाडि बढाउने र जनतालाई तत्काल चाहिएका विधेयकहरु अगाडी बढाउने, यदि ति कुरा अगाडी बढाउन कुनै पार्टी र कुनै मन्त्रीले रोकेको भए संसदाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV