२६ चैत्र २०७७, बिहीबार

काठमाडौँ । भारतको मध्य प्रदेशमा आंशिक लकडाउन हुने भएको छ । कोरोना संक्रमणको संख्या दिनानुसदन बढ्दै गएपछि मध्यप्रदेश सरकारले आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

मध्यप्रदेश सरकारले शुक्रवार साँझ ६ बजेदेखि सोमबार बिहान ६बजेसम्म राज्यका सबै सहरी क्षेत्रमा पूर्ण लकबन्दीको घोषणा गरेको हो ।

राज्य सरकारका अनुसार यो निर्णय कोरोनाको बढ्दो घटनालाई ध्यानमा राखी गरिएको हो ।

प्रदेश मुख्यमन्त्री शिवराजसिंह चौहानका अनुसार सबै ठूला शहरहरूमा ‘कन्टेनमेन्ट’ क्षेत्र पनि निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV