२६ चैत्र २०७७, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ । गएराति भएको खेलमा पीएसजीले बायर्नमाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि एमबाप्पेले दुई गोल गरे भने मार्किन्हसले एक गोल थपे । बायर्नका इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले गोल फर्काए पनि हार टार्न सकेन । गत संस्करणको फाइनलमा पीएजी बार्यनसँग १–० ले पराजित भएको थियो ।

खेल सुरू भएको तेस्रो मिनेटमा नै पीएजीले अग्रता लिएको थियो । नेयमारको पासमा गोल एमबाप्पेको गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । उनले बेन्जामिन पाभर्डको पासमा गोल गरेका थिए ।

६०औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

बायर्नका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीको भने चोटका काराण मैदानमा उत्रिएका थिएनन् । उनी अन्तर्राष्ट्रिय विश्राम दौरान चोट बोक्दै मैदान बाहिर छन् । उनले दोस्रो लेग पनि गुमाउने सम्भावना छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV