‘विल्ड, ब्याक, वेटर’को अवधारणाबाट बजेट ल्याउने तयारी
२५ चैत्र २०७७, बुधबार
काठमाडौं । अर्थ मन्त्रालयले कोभिडबाट बढी प्रभावित क्षेत्रहरुलाई पुर्नरुत्थान गर्ने गरी बजेटको आकार बढाउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले कोरोनाको कारण समस्यामा परेका पर्यटन, होटल, टे«किङ, साना मझौला उद्योग, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको हो । अर्थतन्त्रलाई कोभिड भन्दा अगाडिको अवस्थामा फर्काउन अर्थले ‘ट्रिपल बी’को सिद्धान्तबाट बजेट निर्माण थालेको छ ।
कोभिडको समस्या र असरलाई सम्वोधन गर्ने गरी बजेट ल्याउने तयारी भएपछि आर्थिक वर्ष २०७८/७९ को बजेट आकार चालु आर्थिक वर्षभन्दा ठूलो हुने भएको छ ।
अर्थले आगामी आर्थिक बर्षको बजेटमा कोभिडबाट प्रभावित क्षेत्रलाई राहत दिन पर्यटन, उद्योग, स्वास्थ्य, कृषि र शिक्षामा बजेटको सिलिङ बढाउन सम्वन्धित मन्त्रालयलाई भनेको छ ।
चालु आर्थिक वर्षको बजेटः
राष्ट्रिय योजना आयोगले कोभिडको कारण अर्थतन्त्रमा परेको असरको कारण आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट १७ खर्बको हाराहारीमा ल्याउन सकिने गरी सिलिङ तोकेको छ ।
कोभिडको कारण प्रभावित भएको अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउने रणनीति अन्र्तगत अर्थ मन्त्रालयले ट्रिपल बि (विल्ड, ब्याक बेटर) का अवधारणाबाट बजेट ल्याउने तयारी गरेको हो ।
अर्थले ट्रिपल बिको अवधारणा अनुरुप कोभिडको महामारी भन्दा अगाडिको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन स्वदेशी उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई कर तथा भन्सार छुट लगायतको सुविधा दिने तयारी गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक तयारीः
बजेटमा कोरोनाबाट प्रभावितलाई राहत तथा प्रोत्साहनमूलक कार्यक्रम समावेश गरिने छ । अर्थ मन्त्रालयले आगामी बजेटमा अर्थतन्त्रलाई पुरानो लयमा फर्काउने गरी कार्यक्रम र योजना तर्जुमा गर्ने गरी बिभिन्न मन्त्रालयहरुसंग छलफल गरिरहेको छ ।