नेपालमा कोरोनाको नयाँ भेरियन्ट फैलिदै, ६ साताभित्र संक्रमितको संख्या बढ्न सक्ने !
२५ चैत्र २०७७, बुधबार
काठमाडौं । नेपालमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हाल विश्वभर तीन प्रकारका कोरोना अस्तित्वमा छन् । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भाइरस बढी संक्रामक रहेको पाइएको छ । नेपालमा नमूना परीक्षणमा यूके भेरिन्यटसँग मिल्दोजुल्दो भाइरस देखिएको महाशाखाले जनाएको छ ।
६ हप्ताभित्र कोरोना संक्रमण संख्या बढ्ने निश्चित भएकाले सावधान हुन स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसमाथि विश्वमा देखिएका कोरोनाका तीनवटै भेरिएन्ट भारतमा फैलिएको हुँदा नेपालमा पनि थप जोखिम पर्ने देखिएको छ ।