२५ चैत्र २०७७, बुधबार

खोटाङ । खोटाङको तारेभीर सामुदायिक वनमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।बुधवार दिउँसो बराहपोखरी गाउँपालिका २ सुन्तलेकी ७३ वर्षीया डम्बरकुमारी आले मगरको आगलागीमा परेर मृत्यु भएको जनाइएको छ।

साडीबाट शरीरमा आगो सल्किँदा वृद्धाको जलेर ज्यान गएको बताइएको छ । उनको उद्धारका क्रममा दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV