२५ चैत्र २०७७, बुधबार

एजेन्सी । उत्तर कोरिया अहिले एकदम नराम्रो अवस्थामा छ। उत्तर कोरियाका नेता किम जोंग उनले सार्वजनिक रूपमा आफ्नो देश अत्यन्त नराम्रो अवस्थाबाट गुज्रिरहेको कुरा स्वीकारेका छन्।समाचार एजेन्सी एपीले रिपोर्ट गर्यो किमले प्योंगयांगमा भएको ठूलो राजनीतिक सम्मेलनमा उनको पार्टीका हजारौं कार्यकर्ताहरूलाई सम्बोधन गर्नेक्रममा यो सत्यता स्वीकारेका हुन् । किमले यस्तो कबूल गरे जब उनको शासनको दशक पूरा हुन लागेको छ।

विज्ञहरूले भने, उत्तर कोरियाको अर्थव्यवस्था अमेरिकाले कोरोना फैलाउनबाट रोक्नको लागि लगाएको प्रतिबन्धका कारण ध्वस्त भएको छ।

किमले मंगलबार वर्कर्स पार्टीका शाखा सचीवहरूको बैठकमा भने, ‘अहिलेसम्मको सबैभन्दा खराब अवस्थामा जनताको जीवन सुधार गर्ने पार्टी कार्यकर्ताहरू, शाखा र तल्लो तहका संगठनहरूको सहयोगमा निर्भर हुनेछ।’

उनले उत्तर कोरियाले धेरै अभूतपूर्व चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV