२५ चैत्र २०७७, बुधबार

काठमाडौं । चलचित्र ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । यसमा मिरुना मगरसँगै अर्की नव अभिनेत्री गौमाया यात्री पनि पक्का गरिएको जनाइएको छ।यतिबेला मिरुना र गौमाया वर्कसपमा व्यस्त रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । ‘कबड्डी ४ द फाइनल म्याच’मा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।

चलचित्रमा निश्चल बस्नेतको केमियो भूमिकामा रहनेछ । यसको छायांकन वैशाखबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । ‘कबड्डी ४ फाइनल म्याच’ को प्रदर्शन मिति आउँदो सालको असोज १५ गतेलाई तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV