२५ चैत्र २०७७, बुधबार

काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।आज नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा झरेको हो । सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।

आज कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएको हो ।

व्यापार समूह १६३, घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । यस्तै निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।

बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ । यस्तै होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले, विकास बैंक ४० दशमलव ५२ अंकले र लघुवि१ १०७ दशमलव ४४ अंकले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV