२५ चैत्र २०७७, बुधबार

काठमाडौं । चर्चित म्यागजिन फोर्ब्सको ३५औँ वार्षिक अर्बपति सूचीमा सूचीकृत अर्बपतिहरुको नाम सार्वजनिक गरेको छ । यस वर्षको पहिलो अर्बपतिहरुको सूचीमा अमेजनका जेफ बेजोस रहेका छन्।

उनको सम्पत्ति १ सय ७७ बिलियन अमेरिकी डलर रहेको छ । फोब्र्सका अनुसार एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ६४ अर्ब डलर बढी हो। अमेजनको सेयर मूल्य बढ्दा बेजोस सर्वाधिक धनी बन्न पुगेको फोब्र्सले उल्लेख गरेको छ ।

दोस्रो स्थानमा टेस्लाका प्रमुख एलन मस्को रहेका छन्। उनको कूल सम्पत्ति १ सय ५१ बिलियन डलर रहेको छ। तेस्रो स्थानमा बर्नार्ड आर्नल्ट रहेका छन्। उनको सम्पत्ति १ सय ५० मिलियन डलर छ। उनी फ्रेन्च लक्जरी सामान व्यापारी हुन् ।

चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स रहेका छन्। उनको सम्पत्ति १ सय २४ मिलियन डलर छ। पाँचौँ स्थानमा फेसबुकका मार्क जुकरबर्ग छन् । उनको सम्पत्ति ९७ मिलियन डलर छ।

छैठौँ स्थानमा बर्कशाइर हाथावेका वारेन बफेट छन्। उनको सम्पत्ति ९६ मिलियन डलर छ। सातौँ स्थानमा सफ्टवेयरका मालिक ल्यारी एलिसन छन्। उनको कूल सम्पत्ति ९३ मिलियन डलर रहेको छ ।

आठौँ नम्बरमा गुगल प्रमुख ल्यारी पेज रहेका छन् । उनको कूल सम्पत्ति ९१ दशमलब पाँच मिलियन डलर रहेको छ । नवौँ स्थानमा गुगलकै सर्जे ब्रिन रहेका छन् । उनको कूल सम्पत्ति ८९ मिलियन डलर रहेको छ । दशौँ नम्बरमा भारतीय अर्बपति मुकेश अम्बानी रहेका छन् उनको कूल सम्पत्ति ८४ दशमलब ५ मिलियन डलर रहेको छ ।

फोब्र्सको सूचीअुनसार संसारभर २ हजार ७ सय ५५ अर्बपति बनेका छन् । एक वर्षअघिभन्दा ६ सय ६० जना बढी अर्बपतिहरु थपिएको फोब्र्सले बताएको छ । यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन्। हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोर्ब्सले जनाएको छ।

थपिएका नयाँ अर्बपतिमध्ये २ सय १० जना चीन र हङकङका छन् भने ९८ जना अमेरिकाका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV