२५ चैत्र २०७७, बुधबार

काठमाडौं । चलचित्र ‘घिन्ताङ’ मा नायिका केकी अधिकारी  अनुवन्धित भएकी छन् ।यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन हुन सकेन।

श्रेष्ठ ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका हुन् । चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडेपछि केकी भित्रिएकी छन् ।

यो भन्दा अगाडि नायिका एलिजा गौतम र नायिका लक्ष्मी वर्देवा चलचित्रमा अनुवन्धित भएका थिए । लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए ।

अब भने वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV