२५ चैत्र २०७७, बुधबार

एजेन्सी । विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पूर्वानुमान रहेको जनाइएको छ ।चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने आईएमएफले पूर्वानुमान गरेको हो। बीबीसीका अनुसार आईएमएफले गत ज्यानुअरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको जनाएको छ।

ब्रिटेनको अर्थतन्त्र भने कोरोना भाइरसको महामारी भन्दा अघिको अवस्थामा फर्कन सन् २०२२ को अन्त्यतिर मात्रै सम्भव हुने अनुमान गरिएको छ।

यूकेमा यो वर्ष ५.३ प्रतिशत वृद्धि देखिने छ भने सन् २०२२मा वृद्धिदर ५.१ प्रतिशत रहने आईएमएफले जनाएको छ।

दुई वर्षको पूर्वानुमान अनुसार यूकेको अवस्था सन् २०२० देखि २०२२ का बीच जी ७ राष्ट्रमध्ये एक, इटली भन्दा राम्रो हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV