२५ चैत्र २०७७, बुधबार

एजेन्सी । श्रीलङ्कामा मञ्चमै झगडा हुँदा एक सौन्दर्य प्रतियोगिताकी विजेता घाइते भएकी छन् । उक्त झडपमा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको बताइएको छ।बीबीसीका अनुसार आइतवार पुष्पिका डिसिल्भाले मिसेस् श्रीलङ्का को उपाधि जितेकी थिइन्। केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको उक्त ताज खोसेको जनाइएको छ।

पूर्वविजेताले सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिन नहुने बताइन् । तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएपछि आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए।

टाउकोमा लागेको चोटको उचार गर्न अस्पताल गएको डिसिल्भाले सामाजिक सञ्जाल फेसबुक पोस्टमामार्फत जानकारी दिएकी छन् ।

उनीमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानूनी कदम चाल्ने पनि उनले बताएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV