२५ चैत्र २०७७, बुधबार

काठमाडौं । तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील ल’ लगाउँदै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउना ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।

महाशाखाले २०७५ मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV