२५ चैत्र २०७७, बुधबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जीत निकालेको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराएको हो । रियलको जीतमा भिनिसियस जुनियरले २ गोल गरे भने मार्को एसेन्सियोले १ गोल गरे । लिभरपुलका मोहमद सालाहले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा एसेन्सियोले रियलको अग्रता दोब्बर पारेपछि पहिलो हाफ २–० मा सकिएको थियो । ५१औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।

६५औं मिनेटमा भिनिसियसले अर्को गोल थपेपछि रियल ३–१ ले अघि बढ्यो । त्यसपछि लिभरपुल खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो । सेमिफाइनल पुग्न अब लिभरपुलले दोस्रो लेगमा घरेलु मैदानमा २–० वा त्योभन्दा बढी अन्तरले खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV