२५ चैत्र २०७७, बुधबार

पाल्पा । पाल्पामा डढेलो नियन्त्रण र व्यवस्थापनमा प्रयोग हुने सामाग्री जिल्लाका सुरक्षा निकायहरूलाई हस्तान्तरण गरिएको छ । जिल्ला वन कार्यालय पाल्पाको समन्वयमा सामूदायिक वन उपभोक्ता समूहद्वारा डढेलो नियन्त्रणको लागि ३ लाख ३५ हजार बराबरको सामाग्री जिल्लाका सुरक्षा निकायहरूलाई गराइएकाे हाे ।

रिब्दीकोट सव डिभिजन वन कार्यालय अन्तर्गतका २१ वटा सामूदायिक वन उपभोक्ता समूह र तानसेन सव डिभिजन वन कार्यालय अन्तर्गतका २२ वटा सामूदायिक वन उपभोक्ता समूहद्वारा संकलित अग्नी नियत्रण सामाग्री गोरखदल गण, जिल्ला प्रहरी र सशत्र प्रहरी वल गुल्म पाल्पालाई हस्तान्त्रण गरिएको हो ।

उपभोक्ता समूहले नियन्त्रण र व्यवस्थापनमा  आवश्यक पर्ने रेक १५/१५ सेट, स्वाटर १५/१५ सेट, हेलमेट ३०/३० वटा र जम्प सुट ४/४ सेट सुरक्षा निकायहरूलाई दिइएको छ ।

हस्तान्त्रण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गत वर्षको तुलनामा यस वर्ष देशव्यापी रुपमै ठूलो मात्रामा आगलागी भइरहेको र जिल्लामा पनि यो समस्या आइपरेको बताउनुभयो ।

उहाँले सुरक्षा सामग्री वितरणको कार्य सराहनीय भएको वताउँदै उपभोक्ता समितीहरुलाई धन्यवाद ज्ञापन समेत दिनुभयो ।

कार्यक्रमा पाल्पा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत डा मोहन पौडेल गर्मी तथा खडेरी मौसमको समयमा कुनै पनि वेला जाँहा पनि आगलागी हुन सक्ने र त्यसको नियन्त्रणको लागी हरदम सुरक्षा निकायलाई नै गुहाुर्न पर्ने बाध्यता रहेको बताए ।

डढेलो नियन्त्रणका लागि अत्यावश्यक सामाग्री सुरक्षा निकायलाई प्रशस्तमात्रामा उपलब्ध गराउन नसकिए पनि थोरै मात्रा भएपनि कार्यालयको समन्वयमा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV