२४ चैत्र २०७७, मंगलवार

काठमाडौं । जुम्लामा कोभिड खोप चार घण्टा बोकेर लगिएको छ ।कर्णाली प्रदेशका जुम्ला लगायतका कतिपय ठाउँहरूमा खोप मानिसहरूलाई बोकाएरै स्वास्थ्य चौकीहरूमा पुर्‍याइएको जनाइएको छ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित मालिकाबोता स्वास्थ्य चौकीसम्म झन्डै चार घण्टा हिँडेर खोप पुर्याएको स्थानीयले बताएका छन्।

कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ गतेबाट लगाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV