आज नेप्से १५ दशमलव ७२ अङ्कले उकालो लाग्यो
२४ चैत्र २०७७, मंगलवार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ।आज नेप्से १५ दशमलव ७२ अङ्कले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको हो।
आज होटल तथा पर्यटन समूहको शेयर दुई सय पाँच अङ्कले वृद्धि भएको छ, भने विकास बैंकको ३०, जलविद्युतको एक सय १४, उत्पादनको एक सय ८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अङ्कले बढेको छ ।
आज दुई सय १३ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएको छे ।
सबैभन्दा धेरै निफ्राको ३९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज चिलिमे, युनिभर्सल पावर, युनाइटेड मर्दी र चन्द्रागिरी हिल्सको शेयर १० प्रतिशतका दरले उकालो लागेको हो । तर साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर भने १० प्रतिशतले घटेको छ ।