२४ चैत्र २०७७, मंगलवार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । नेपाल पत्रकार महासंघ यूरोप शाखाको २० फेब्रुअरीमा सम्पन्न भएको अधिबेशनपछि २६ मार्च शुक्रबारका दिन पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर, केन्द्रीय प्रतिनिधि चिरन शर्मा तथा निर्वाचन पर्यवेक्षक नरेश खपाङ्गी मगर, निर्वाचन आयुक्त राजेश चाम्लिङ, सदस्य सचिब डा उदयदेव आचार्य, सदस्य किशोर सुब्बालगाएतको उपस्थितिमा नयाँ कार्यसमितिको चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन् । त्यस्तै, शाखाको अध्यक्षमा प्रेम परियार चयन भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ चयन भएका छन् ।

यता सदस्यहरुमा वीरमान मगर, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका निर्वाचन समितिले जानकारी गराएको थियो ।

नयाँ कार्यसमितिलाई शुभकामना सहित प्रमाण–पत्र पनि प्रदान गरिएको छ । नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिदै केन्द्रीय उपाध्यक्ष दिलिप थापामगरले युरोपमा बसेर पत्रकारितामा लगनशील भएर काम गर्दै यूरोपभर नेपाली पत्रकारितालाई उचाइमा पु¥याउन शाखा सफल भएको खुशी ब्यक्त गर्दै अबको नयाँ कार्यसमितिले महासंघलाई थप गरिमा बढाउनेमा दुई मत नरहने र कुनै बिचलनमा नपरी कार्य अगाडि बढाउन सुझाब दिए ।

साथै, आफूले शाखालाई आवश्यक परे कुनैपनि बेला सहयोग गर्न पछि नपर्नेमा जोड दिए । केन्द्रीय उपाध्यक्ष थापाले भने, ‘प्रवास र नेपालकै शाखा मध्ये नमुना शाखा हो, युरोप ।

यो नयाँ कार्यसमिति नै बैद्य रहेको जानकारी गराउदै नयाँ उत्साहका साथ अगाडि बड्न उत्प्रेरित गर्दै केन्द्रीय प्रतिनिधि चिरन शर्मा र अधिवेशन पर्यवक्षक तथा बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरले शुभकामना दिएका थिए ।

अग्रजहरुको सम्मान गर्दै आगामी दिनमा पारदर्शी रुपमा शाखाका गतिविधिहरु अगाडि बढ्नेमा दुई मत नरहने र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष प्रेम प्ररियारले राखेका थिए ।

कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष केजिन राईले गरेका थिए भने युरोपभरका ३ दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV