२३ चैत्र २०७७, सोमबार

काठमाडौं, २३ चैत। आज साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक १.१३ अंकले उकालो लागेको छ ।आज नेप्से २६५८.७८ विन्दुमा पुगेको छ । व्यापार, होटेल र पर्यटन, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, अन्य र म्यूचअल फण्डका लगानीकर्ताले आज कमाएका छन् । तर बैंक, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहका लगानीकर्ताले भने गुमाएका छन् ।

आज कुल ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै कुल २१२ कम्पनीका ७३ हजार ५ सय ९८ कारोबारबाट १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV