२३ चैत्र २०७७, सोमबार

मुस्ताङ । मुस्ताङको जोमसोममा १२ करोड लागतमा आधुनिक डिजाइनको अस्पताल बन्ने भएको छ । आईतबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त अस्पतालको भवनको शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले समृद्धि ल्याउन चाहेको बताउनुभएको छ । हिमाली तथा दूरदराजका स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पदपूर्ती, स्वास्थ्य उपकरण र भौतिक पूर्वाधार निर्माण जोड दिन पनि उहाँले भन्नुभएको छ ।

यसैबीच मन्त्री पुनले सञ्चालन आउन लागेको ५५ लाख लागतको अक्सिजन प्लान्टको अस्पताल पनि उद्घाटन गर्नुभएको छ । जोमसोम अस्पतालमा गत वर्ष नै अक्सिजन प्लान्ट स्थापना भएको थियो । चालु वर्ष उक्त अक्सिजन प्लान्टबाट अस्पतालको २२ वटै बेडमा पाइपलाइनमार्फत अक्सिजन सर्कुलर गरिएको मेसु भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी १२ करोड लागतमा मुस्ताङको जिल्ला अस्पताल भवन निर्माण हुने भएको छ । बहुवर्षीय आयोजनाको रुपमा अब बन्ने अस्पताल भवनको सम्झौता अवधि २ वर्षको रहेको अस्पतालका मेसु शिव भण्डारीले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा ईमोटल कन्सट्रक्सनले लिएको छ ।

यस अघि भवन संरचना निर्माणका लागि पूरानो संरचना भत्काई जग्गा सम्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV