२३ चैत्र २०७७, सोमबार

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिने भएको छ । सोमबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिन लागेको हो ।

राईविरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक एवम् माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो रहेका छन् । यसअघि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव संसदमा टेबुल मात्र गरिएको छ ।

१२ पुषमा मुख्यमन्त्री राईविरुद्ध नेकपा एमाले माधव नेपाल समूह र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सर्वाेच्च अदालतले पूर्ववत् रुपमा एमाले र माओवादीलाई ब्युँताएपछि नेपाल समूहले भने अविश्वास प्रस्ताव फिर्ता लिइसकेको छ । तर, माओवादी केन्द्रले भने प्रस्ताव यथावतै राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV