२२ चैत्र २०७७, आईतवार

काठमाडौं,२२ चैत । चलचित्र ‘अनन्त’को छायांकन सुरु भइसकेको छ ।जेसन लोप्चनको निर्देशन रहेको चलचित्र ‘अनन्त’को छायांकन भक्तपुरबाट सुरु गरिएको हो । चलचित्रमा अभिनेत्री लक्ष्मी बर्देवा र कर्मा मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा नव विजय श्रेष्ठको लगानी रहेको छ भने सह–निर्माताको रूपमा रञ्जन ढुंगाना, शीतल खड्काको साथै तेजबहादुर श्रेष्ठ र दीपेश राउत चलचित्रका सहायक निर्माता हुन् ।

किपलया ब्यानरमा निर्माण भइरहेको चलचित्रमा रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर रूपमा रहेका छन् । यो चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् ।

चलचित्रलाई बबिन दुलालले खिच्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV