२० चैत्र २०७७, शुक्रबार
  • सुशीलबाबु थकाली

मुस्ताङ । बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको घरपझोङ गाउँ पालिका वडा नं–३ मा पर्ने स्याङ गाउँ नजिकै कालीगण्डकी किनारमा मिक्स्चर मेसिनमा बेरिएर एक युवकको मृत्यु भए छ ।

उक्त सडक खण्डअन्तर्गतको कोसी एन्ड न्यौपाने जेबीले निर्माण कार्यको जिम्मा पाएको उक्त स्थानमा काम भैरहेको अवस्थामा मिक्स्चर मेसिनमा बेरिएर अन्दाजी २० बर्सिया युवकको मृत्यु भएको हो ।

म्याग्दीको मंगला गाउँ पालिका वडा नं-४ बस्ने सुन्दर रोकाको मिक्स्चर मेसिनमा बेरिएर मृत्यु भएको मुस्ताङ जिल्लाका प्रहरी निरीक्षक आशिष अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार करिडोरको बाटो निर्माण गर्न स्याङ गाउँ नजिकैको कालीगण्डकी किनारमा मेसिनरी पर्खाल (आर सि सि) निर्माण गर्ने अवस्थामा उक्त घटना घटेको हो ।

घटना बिहान करिब १० बजेर ५ मिनेट जादा उक्त घटना घटेको प्रहरी निरीक्षक अधिकारले बताउनुभएको छ । आर सि सि ढलान निर्माण कार्य भैरहेको बेला अचानक मिक्स्चर मेसिनमा परेर दायाँ हातको कुम देखिनै पुर्ण रूपमा क्षती भएको समेत अधिकारीले बताउनुभयो ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार मृतकको थप अनुसन्धानको लागि मृतक शव जोमसोम लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV