१६ चैत्र २०७७, सोमबार
  • प्रेम सुनार

गुल्मी, चैत्र १६ । गुल्मीमा बाबु द्धारा छोरी बलात्कारको घटना सेलाउन नपाउँदै फेरी देवर द्धारा भाउजु बलात्कारको घटना बाहिर आएको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजुलाई चैत्र १४ गते राति साढे १० बजेको समयमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेका अनुसार युवकले भाउजु सुत्ने कोठामा पसरे एक्लै सुतेकी भाउजुलाई बलात्कार गरेर भागेको उजुरी परेको छ ।

उहाँका अनुसार देवरलाई बलात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीबिरुद्ध सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एक बालिकामाथि पनि बलात्कार

त्यस्तैगरी गुल्मीकै एक बालिकामाथि पनि बलात्कार भएको प्रहरीले जनाएको छ । चैत्र १४ गतेकै राति बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्वर ३ का ३३ बर्षीय ड्राईभर चेतमान सुनारले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ की १४ बर्षीया बालिकालाई बलात्कार उद्योग गरेको अभियोगमा पक्राउ गरि आजै अदालतमा ७ दिन म्याद थप गरिएको डिएसपी पाण्डेले जानकारी दिएका छन ।

LIVE TV