१५ चैत्र २०७७, आईतवार

काठमाडाैँ, १५ चैत । कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह “प्रिय मौनता” बजारमा आएको छ । लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका एटमको यो पहिलो कवितासङ्ग्रह हो ।

यस सङ्ग्रहका कविताहरूलाई कविले “उपसना कविता” भनेर उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड रहेका छन् । जसमा ६० वटा कविता सङ्ग्रहित रहेका छन् ।

पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए । त्यस्तै दोस्रो सत्र अन्र्तगत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए ।

शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रह (हार्ड कभर) को मूल्य रु ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV