१० चैत्र २०७७, मंगलवार

काठमाडौं, १० चैत । माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।

भेलालाई माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नेपाल–खनाल पक्ष (अनेरास्ववियु)को भेला सुरु भएको हो ।

केही दिनअघि नेपाल-खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला गरेकाे जनाइएकाे छ ।

सोमबार बसेको नेपाल-खनाल पक्षको बैठकले पनि देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

तस्वीर : मशेश्वर के.सी/न्युज २४ नेपाल

प्रतिक्रिया दिनुहोस्
LIVE TV