९ चैत्र २०७७, सोमबार

काठमाडौं, ९ चैत । चौथो ओएसनेपाल म्युजिक अवार्ड २०७८ हुने भएको छ । अवार्डको लागि आवेदन खुला गरिएको छ । ‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारा सहित आयोजना गरिएको यस अवार्डमा ६० विधालाई समेटिएको आयोजकले जानकारी दिएको छ ।

उक्त अवार्डमा सहभागी हुन देश विदेशबाट सजिलै फारम भर्न सकिने जानकारी दिइएको छ । आयोजककाअनुसार सो अवार्डमा दावेदारी दिन २०७६ भदौ २५ गतेदेखि २०७८ वैशाख २० गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्ने शर्त राखिएको छ ।

अवार्ड र फारम सम्बन्धी थप लिन ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ । साथै, अवार्डमा निर्णायक र जुरीको निर्णय नै अन्तिम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV